भाद्र १०, २०८३ बुधबार August 26, 2026

१५ विधाका उत्कृष्ट करदातालाई सम्मान ,राणा चौथोपटक लगातार धेरै कर तिर्ने करदाता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गत आर्थिक वर्ष ०७५/७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरूलाई अर्थमन्त्री युवराज खतिवडाले सम्मान गरेका छन् । आठौं कर दिवसको अवसरमा आइतबार बिहान आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री खतिवडाले १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् । सिद्धार्थ शमशेर राणा चौथोपटक लगातार धेरै कर तिर्ने करदाता बनेका छन् ।

गत आर्थिक वर्षमा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ । सूर्यले चुरोट उत्पादनलगायतका काम गर्दै आइरहेको छ ।

अर्थ मन्त्राललयका अनुसार, निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर डाबर नेपालले तिरेको छ । मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल अग्रपंक्तिमा छ ।

कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्त र बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् । बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, सूचना प्रविधिमा वर्ल्ड लिंक र व्यापार व्यवसायमा अग्नि इन्कपोरिटेडले राज्यलाई बढी कर बुझाएका छन् ।

अर्थमन्त्रालयका अनुसार पर्यटनतर्फ तारागाउँ रिजेन्सी, हृयात र मध्यमस्तरीय करदाताबाट कामना सेवा विकास बैंक बढी कर तिर्नेमा परेका छन् । आन्तरिक राजस्वको कार्यक्षेत्रभित्र रही धेरै आयकर भियस मोरिससले तिरेको छ भने सिद्धार्थ शमशेर राणा चौथोपटक लगातार धेरै कर तिर्ने करदाता बनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली सेनाको स्वास्थ्य टोलीद्वारा बाढीपीडितको उपचार जारी
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढी अपडेट : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?
२०८३ भाद्र १०, बुधबार
त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित
२०८३ भाद्र १०, बुधबार
रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्‍याट’ परिचालन गर्ने
२०८३ भाद्र १०, बुधबार
कांग्रेस केन्द्रीय समिति बैठकले के-के गर्यो निर्णयहरु (सूची सहित)
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीबाट भएको क्षतिबारे राष्ट्रपतिले लिए प्रधानमन्त्रीसँग जानकारी
२०८३ भाद्र १०, बुधबार
अमेरिकी सामानमा क्यानाडाको प्रतिशुल्क
२०८३ भाद्र १०, बुधबार