असार २९, २०८२ आइतबार July 13, 2025

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको शेयर सूचिकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ कम्पनीको शेयर सूचिकृत भएको छ ।

यो साता नेप्सेमा सिभिल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, मञ्जुश्री फाइनान्स लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको शेयर सूचिकृत भएको हो ।

नेप्सेका अनुसार सिभिल बैंकको ६४ लाख २ हजार ७ सय ११.७४ कित्ता बोनस शेयर सुचिकृत भएको छ।त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ‘८ दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड–२०८४’ को ४० लाख कित्ता ऋणपत्र सुचिकृत भएको छ ।

त्यसैगरी, मञ्जुश्री फाइनान्सको ‘९ दशमलव ५ प्रतिशत, ८ वर्षे मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र–२०८५’ को ५ लाख कित्ता ऋणपत्र सुचिकृत भएको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको ३९ लाख २१ हजार २ सय ४१ दशमलव ६६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया