मंसिर १६, २०८० शनिबार December 2, 2023

प्रहरी नियन्त्रणमा सैनिक जवानको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । प्रहरीले पक्राउ गरेका सैनिक जवानको मृत्यु भएको विरोधमा चितवनको इच्छाकामना गाउँपालिका–३ मा स्थानीयले पृथ्वी राजमार्ग बन्द गराएका छन् ।

आइतबार दिउँसो १२ बजेपछि राजमार्गमा उत्रिएर स्थानीयले सडक अवरुद्ध गरेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

इच्छाकामना गाउँपालिका–५ मुग्लिन घर भएका नेपाली सेनाका जवान २८ वर्षीय राम कँडेलको शुक्रबार विहान मृत्यु भएको हो । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत रहेका थिए ।

स्थानीले सडकमा बार हालेर अवरोध गरेका छन् । सडक खुलाउने प्रयास भइरहेको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिएका छन । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं जाने र काठमाडौंबाट देशका विभिन्न भागमा जाने सवारी साधन बीच बाटोमा नै रोकिएका छन् ।

शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेलामा अभद्र व्यवहार गरेपछि प्रहरीले कँडेललाई पक्राउ गरेको थियो । अस्थायी प्रहरी पोष्ट फिस्लिङमा राखिएका उनी भाग्ने क्रममा ठाउँ मेसो नपाउँदा घाइते भएका चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताएका छन ।

घाइते कँडेललाई उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कँडेलको शव भरतपुर अस्पताल शव गृहमा राखिएको छ ।

चितवनका प्रहरी प्रमुख एससी मल्लले सैनिक जवान कँडेलले जात्रामा होहल्ला गरेपछि प्रहरीले सम्झाउँदा प्रहरीमाथि नै कुटपिट गरेपछि पक्राउ गरेको बताएका छन ।

‘मदिरा सेवन गरेर मात्तिदै आए । अरुमाथि अभद्र व्यवहार गर्न खोजेपछि प्रहरीले नगर्न सम्झाउँदा उल्टै प्रहरीमाथि नै हातपात र कुटपिट गर्न थाले । सार्वजनिक ठाउँमा म सेनाको मान्छे हुँ भन्दै उनले प्रहरीलाई कुट्न थालेपछि हामीले नियन्त्रणमा लिएर प्रहरी पोष्टभित्र ल्याएका हौं’ उनले भने ।

प्रहरी नियन्त्रणमा प्रहरीलाई छक्काएर भाग्न खोज्दा कँडेल भीरबाट लडेका प्रहरी प्रमुख मल्लले बताएका छन । तर स्थानीय वासिन्दाले कँडेलको कुटपिटबाट मृत्यु भएको भन्दै विरोध जनाएका छन् । ‘खास घटना के भएको हो भन्ने अनुसन्धानबाट खुल्ला’ एसपी मल्लले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार