असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय एक साताका लागि बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः एक छात्रालाई कोरोना पोजेटिभ देखिएपछि जिल्लाको शारदा नगरपालिका ८ मार्के स्थित त्रिभुवन जनता माध्यमिक विद्यालय एक साताका लागि बन्द गरिएको छ । अन्य विद्यार्थीहरू जोखिममा पर्न नदिन आइतबारदेखि विद्यालय बन्द गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सूचना प्रकाशन गरेर विद्यालय सात दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दलबहादुर वि.क.ले बताउनुभयो । धेरै विद्यार्थी तथा शिक्षक रुघाखोकीबाट ग्रसित भएपछि पीसीआर परीक्षण गराउँदा कक्षा १० मा पढ्ने एक छात्रालाई कोरोना पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो । संक्रमित छात्रालाई स्वास्थ्य कार्यालय सल्यानले जिल्ला अस्पतालमा सञ्चालन गरेको आइसोलेसनमा राखिएको छ ।
कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा ६ सय ५० विद्यार्थी अध्ययनरत रहेका उहाँको भनाई छ । सबैको स्वास्थ्य सुरक्षाको लागि विद्यालय बन्द गराउनु परेको नगरपालिकाका शिक्षा संयोजक लिलाधर बबालले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा कोरोना देखिन थालेपछि अनिवार्य रुपमा मास्क लगाएर विद्यालय जान तथा अन्य सुरक्षा सावधानी अपनाउन उहाँले आग्रह गर्नु भएको छ ।
स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जिल्लाका विभिन्न स्थानमा चार जनालाई कोरोना पोजेटिभ देखिएको र उनीहरूको आइसोलेसनमा राखेर उपचार गराइरहेको जानकारी दिनुभयो । अहिले एक जना बाहेक अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार