काठमाण्डौंः साताको तेस्रो दिन आज सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको छ ।
हिजो ९१ हजार रुपैयाँमा कारोवार भएको सुनको भाउ आज घटेर ९० हजार ७ सय कायम भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज तेजावी सुनको भाउ ९० हजार २ सय रुपैँया कायम गरिएको छ । चाँदीको भाउ भने आज घटबढ भएको छैन । आज पनि चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया