काठमाण्डौः नेपाल धितोपत्र बोर्डले मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न अनुमति दिएको छ।
बोर्डले कम्पनीलाई बैशाख ५ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । त्यस अनुसार कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि १ करोड ५० लाख कित्ता अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ। याे कम्पनीकाे चुक्ता पूँजीकाे २५ प्रतिशत हाे ।
कम्पनीले चुक्ता पूँजीकाे १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सिन्धुपाल्चोकका स्थानीयबासीलाई निष्काशन गर्ने छ भने सर्वसाधारणमा १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया