असार २८, २०८२ शनिबार July 12, 2025

नेशनल लाइफ र नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज (बिहीवार) बैंकिङ समयसम्म रहेको छ ।

कम्पपनीले नेशनल लाइफ इन्स्योरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक समूहको शेयर वैशाख ५ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो ।

नेशनल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता न्यूनतम मूल्य रू.४६३ र नागरिक लगानी कोषको न्यूनतम रू. १ हजार ४५५ तोकिएको हुँदा आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

दुवै कम्पनीको शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली काठमाडौं, शाखा कार्यालयहरु विराटनगर-३ मोरङ, आर्दशनगर वीरगञ्ज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रचोक सुर्खेतबाट बालपत्र पेश गर्न सक्नेछन् । आर्थिक अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया