असार २८, २०८२ शनिबार July 12, 2025

वैशाख १६ गतेदेखि तीन ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वैशाख १६ गतेदेखि दुई ओटा लघुवित्त कम्पनी सहित तीन ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा आउने भएको छ ।

एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, ग्रामीण विकास लघुवित्त र युनाइटेड इन्स्योरेन्सको कुल १ लाख १९ हजार ८३९ कित्ता संस्थापक शेयर लिलामीमा आउन लागेको हो ।

कुल कित्तामध्ये आरएमडीसी लघुवित्तको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्तको २५ हजार २०० कित्ता र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता रहेको छ ।

यी शेयर खरीदका लागि इच्छुक योग्य लगानीकर्ताहरुले जेठ ५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उल्लेखित शेयरमा बोलकबोल गर्नका लागि आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ४९८, ग्रामीण विकास लघुवित्तको प्रतिकित्ता रू. ४०० र युनाइटेड इन्स्योरेन्सको प्रतिकित्ता रू. ३२१ तोकिएको छ ।

तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरेको बोलकबोल मात्र बाँडफाँटमा सहभागी गराईने कम्पनीको भनाइ छ । यो शेयरमा बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिनेछ । उक्त शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया