जेठ ४, २०८१ शुक्रबार May 17, 2024

काभ्रेमा कांग्रेसको क्रियाशील सदस्य दोब्बर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजारक्रियाशील सदस्य बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर क्रियाशील सदस्य बनाएको जनाइएको छ ।

पार्टीको आसन्न १४औँ महाधिवेशनलक्षित क्रियाशील सदस्यताको समयावधि पटकपटक थपिएपछि सदस्यता अभियानमार्फत सदस्यता दोब्बर पुर्याइएको काभ्रे कांग्रेसले जनाएको हो । जिल्लामा नवीकरण र नयाँ सदस्यता गरी सङ्ख्या २० हजार पुर्‍याउने लक्ष्यसहित सदस्यता अभियान सञ्चालन गरिएको जिल्ला कार्यसमिति सचिव दिनेश लामाले बताए । उनले भने, ‘अहिले काभ्रे कांगे्रसमा २० हजार क्रियाशील सदस्य भइसक्नुभएको छ, तोकिएको समयसीमासम्म केन्द्रीय कार्यालयमा पठाउनेछौँ ।’

लामाले १३औँ महाधिवेशनका बेला जिल्लामा भएका १० हजार क्रियाशील सदस्यमध्ये ९५ प्रतिशतले नवीकरण गरेको जानकारी दिए । उनले अनुसार नयाँ क्रियाशील सदस्यता थप भइरहेको बताए । लामाका अनुसार यसबीचमा पार्टीमा प्रवेश गराउने क्रम पनि जारी छ । कोरोना सङ्क्रमणका कारण रोकिएको सदस्यता अभियान काभ्रेपलाञ्चोकमा गत वर्ष पुसदेखि पुनः शुरु गरिएको थियो ।

हालसम्म नवीकरण भएका सात हजार ७०० सदस्य र पाँच हजार ४०० नयाँ सदस्यको ‘कम्प्युटर इन्ट्री’ भइसकेको जिल्ला कार्यालय सचिव विनोद तिमल्सिनाले जानकारी दिए । उनका अनुसार केन्द्रीय तथा जिल्ला नेताको उपस्थितिमा भेलामार्फत समेत स्थानीयस्तरमा नवीकरण तथा नयाँ सदस्यताको अभियान सञ्चालन गरिएको थियो । नवीकरण र नयाँ सदस्यता गरी २० हजारभन्दा बढी भइसकेको उल्लेख गर्दै तिमल्सिनाले कम्प्युटर इन्ट्रीको काम भइरहेको बताए।

केन्द्रीय कार्यालयले जिल्ला कार्यसमितिले पार्टी केन्द्रीय कार्यालयमा नयाँ क्रियाशील सदस्यता र नवीकरण सूची पठाउने समयावधि पटकपटक थप्दै आएअनुसार पछिल्लोपटक यही वैशाख १५ गतेसम्म निर्धारण गरेको छ । थपिएको यस अवधि अन्तिम रहेको जनाइएको छ । यसअघि सदस्यता बिस्तारको कार्यतालिकाअनुसार गत चैत ३० गतेसम्म तोकिएको थियो । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार उक्त अवधिसम्म नवीकरण र नयाँ गरी छ लाख १० हजार १३४ त्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ ।

नेपालस्थित उक्त क्रियाशील सङ्ख्यामध्ये नयाँ दुई लाख ८९ हजार २२१ र तीन लाख २० हजार ९१३ नवीकरण भएका हुन् । गत १३औँ महाधिवेशनमा करिब चार लाख ९० हजार क्रियाशील सदस्ता रहेको कांग्रेसमा आउँदो १४औँ महाधिवेशसम्म उक्त सङ्ख्याको शतप्रतिशत सदस्यता थप्न पाउने व्यवस्था गरिएको छ । कांग्रेस नियमावलीबमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु २०० र नयाँ सदस्यताका लागि रु ३०० तोकेको छ ।

कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आउँदो असार २० गते, गाउँ÷नगर अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते, एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आउँदो साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार
एक जना पनि विद्यार्थी नभएको जैमिनीको विद्यालयमा चार शिक्षक
२०८१ जेठ ४, शुक्रबार
एलियन बने कार्तिक आर्यन
२०८१ जेठ ४, शुक्रबार
गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ : ज्ञानेन्द्र शाही
२०८१ जेठ ४, शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
२०८१ जेठ ४, शुक्रबार