जेठ ४, २०८१ शुक्रबार May 17, 2024

एमाले महाधिवेशन आयोजक समितिको बैठक बालुवाटारमा शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार मध्यान्ह १२ बजेबाट बैठक शुरु भएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आएको माधव नेपाल पक्षसँग एक्लाएक्लै छलफल गरेपछि बोलाइएको महाधिवेशन आयोजक समितिको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।

बैठकमा उपनिर्वाचन, प्रदेश सरकार, नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकले गत बैशाख ६ गते बसेको बैठकलाई नै निरन्तरता दिने बताईएको छ । वैशाख ६ गते बसेको महाधिवेशन आयोजक समितिको बैठक नेपाल पक्षले बहिस्कार गरेको थियो भने बामदेव गौतम पनि सहभागी भएका थिएनन् । त्यसदिन बैठकले प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना खनाल-नेपाल पक्षीय नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

जसमध्ये खनाल नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन् । एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले उनीहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताएका थिए । यस्तै एमाले नेता कर्ण थापाले आजको बैठकबाट खनाल नेपाल पक्षमाथि थप कारबाही हुने बताए । त्यसका लागि तयारी भइरहेको उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया