जेठ ४, २०८१ शुक्रबार May 17, 2024

माधव नेपाल र बामदेव गौतमबीच नागपोखरीमा साँढे तीन घण्टा गोप्य वार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र बामदेव गौतमबीच भेटवार्ता भएको छ । जनकपुरबाट नेता नेपाल राजधानी फर्किए लगत्तै गौतमसँग गोप्य भेटवार्ता भएको हो ।

शुक्रबार काठमाडौंको नागपोखरीस्थित छोरा हरिष गाैतमकाे कार्यालयमा उनीहरुबीच करिब साँढे तीन घण्टा भेटवार्ता भएको थियो । भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजै शुक्रबार पार्टीको स्थायी कमिटी गठन गरेका थिए । जसमा नेपाल पक्षका नेताहरुलाई  हटाएर गौतमलाई भने स्थायी कमिटीको दोस्रो बरियतामा रहनेगरी सदस्यमा मनोनयन गरिएको छ ।

बिहीबारमात्रै नेता गौतम र ओली प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा सँगै डिनर गरेका थिए । आफूले ओलीसँगको भेटमा फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गरेको गौतमले दावी गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया