असार २८, २०८२ शनिबार July 12, 2025

हावाहुरी कहरः झापामा मकै, केरा लगायतका बाली नष्ट हुँदा करिब दुई करोड बराबरको क्षति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः लगातार आएको हावाहुरीका कारण झापामा मकै, केरालगायतका बालीनाली नष्ट हुँदा करिब दुई करोडको क्षति भएको छ ।
कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६ सय किसानले लगाएको १ सय ६९ हेक्टर जमिनको मकै, केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पुर्‍याउँदा रु एक करोड ९८ लाख ६० हजार बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
केन्द्रका कृषि प्राविधिक शालिकराम भट्टराईले वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केरा खेतीमा क्षति पुगेको बताउनुभयो ।
उहाँका अनुसार घोगा लागिसकेका मकै, पसाइसकेका र पसाउन लागेका केरा खेतीमा बढी क्षति पुगेको छ ।
हावाहुरीले करिब ५० लाख बराबरको केराको बोट नष्ट गरेको र मकै जोनअन्तर्गत खेती गरिरहेका किसान हावाहुरीले दाना लाग्न थालेको मकै नष्ट गरेपछि चिन्तित बनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया