असार २२, २०८२ आइतबार July 6, 2025

सांसद खड्काको दल त्यागसम्बन्धी सूचना सङ्घीय संसदमा पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले दल त्याग गरेको सूचना सङ्घीय संसद्लाई जानकारी गराएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयअनुसार नै सो दलका नेता दीनानाथ शर्माले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम खड्काले दल त्याग गरेको सूचना सङ्घीय संसद्लाई दिनुभएको हो ।

सांसद खडकालाई माओवादी केन्द्रले गत चैत २७ मा कारवाहीका लागि स्पष्टिकरण सोधेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया