असार २८, २०८२ शनिबार July 12, 2025

अमेरिका र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच शुक्रबार फोनवार्ता भएको छ । सो वार्ताका क्रममा उहाँहरु एक अर्काको बीचमा व्यापक सहमति निर्माण गरी आगामी दिनमा सहमति र सहकार्यका साथ अघि बढ्ने सहमति भएको बताइएको छ ।

टर्कीको राजधानी इस्तानबुलस्थित टर्कीस् राष्ट्रपतिको कार्यालयले दिएको जानकारीमा सो कुरा उल्लेख गरिएको छ ।

प्राप्त समाचारमा उहाँहरुले पछिल्लो समयमा विकसिक विश्व राजनीतिका साथै कोभिडका कारण उत्पन्न विश्वव्यापी असहज परिस्थितिका विषयमा पनि कुराकानी गर्नुभएको थियो ।

उहाँहरुले पछिल्लो समयमा विश्वमा कोभिड १९ ले पारेको प्रभावका बारेमाा पनि कुराकानी गर्नुभएको थियो । उहाँहरुबीच आगामी जुन महिनामा द्धिपक्षीय भेटवार्ता हुने भएको बताइएको छ ।

आगामी जुन महिनामा बेल्जियमको ब्रसेल्समा नेटो राष्ट्रका नेताहरुको सम्मेलन हुने भएको छ । सोही सम्मेलनका क्रममा उहाँहरुबीच भेटवार्ता हुने बताइएको छ । (रासस-सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया