काठमाडौंः साताको पहिलो दिन आज सुनको मूल्यमा गिरावट आएको छ । विगत केही दिनदेखि बढिरहेको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ७०० रहेको छापावाल सुन आज ४०० घट्दै ९१ हजार ३०० रूपैयाँमा किनबेच भइरहेको छ । तेजावी सुन प्रतितोला ९० हजार ८०० रूपैयाँ छ ।
यसैगरी चाँदी प्रतितोला १३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया