जेठ ४, २०८१ शुक्रबार May 17, 2024

कोरोना विरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई एमालेको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको हो ।

बैठकपछि एमाले नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्वारेन्टिन बनाउने, जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, सचेतनाका अभियान चलाउन निर्देशन दिएको जानकारी दिए ।

पत्रकारहरुको जिज्ञासामा उनले देशभर एकसाथ लकडाउन गर्ने सोच सरकारको नभएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया