काठमाडौंः कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भोली सोमबारबाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।
कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
सम्पूर्ण विद्यालयले जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि वैकल्पिक विधिबाट पठनपाठन गराउनुपर्ने जनाइएको छ ।
यस अघिको मन्त्रिपरिषद्को बैठकले कोरोना सङ्क्रमणका कारण आगामी वैशाखभर मुख्य सहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो २४ घण्टामा देशभर थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज थप २८ जनाको मृत्यु भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया