जेठ ४, २०८१ शुक्रबार May 17, 2024

पीसीआर परीक्षण गरेर मात्र बुधबार केन्द्रीय कार्यसमिति बैठक बस्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरेर मात्र केन्द्रीय कार्यसमिति बैठक बस्ने निर्णय गरेको छ ।

सभापति देउवाको निजी निवाश बुढानिलकण्ठमा आइतबार (आज) बसेको पदाधिकारी तथा पूर्वपदाधिकारिहरुको संयुक्त बैठकले भोली सोमबार केन्द्रीय सदस्य र कार्यालयका कर्मचारीहरुको पीसीआर टेष्ट गर्ने निर्णय गरेको हो ।

पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरुको बैठक १५ गते बुधबार बस्ने भएको छ । यसअघि भोलि सोमबारका लागि बैठक बोलाइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया