जेठ ४, २०८१ शुक्रबार May 17, 2024

केन्द्रीय सदस्यलाई कोरोना पुष्टीपछी कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आज वैशाख १५ का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ ।

बैठक तयारीका क्रममा गरिएको पिसिआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेका बेला ठूलो सङ्ख्यामा उपस्थित भई बैठक गर्नु अनुपयुक्त भएकाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशानुसार बैठक स्थगन गरिएको उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया