असार २९, २०८२ आइतबार July 13, 2025

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

बैंकले आज जारी गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र रोगको फैलावटले त्यसलाई पुनः प्रभावित तुल्याउने जोखिम बढेकाले प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ ।

धानको उत्पादन वृद्धि हुने अपेक्षा गरिएकाले कृषि उत्पादकत्व २.४ प्रतिशतले बढ्ने तथा औद्योगिक क्षेत्रको वृद्धि २.५ प्रतिशत र सेवा क्षेत्रको बढोत्तरी ३.४ प्रतिशतले हुने अनुमान पनि बैंकले गरेको छ ।

मेलम्ची खानेपानी आयोजना पूरा भई काठमाडौँ उपत्यकामा जल प्रवाह भएको र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पहिलो चरणको उत्पादन प्रारम्भ गर्ने अनुमानका साथ निर्माण क्षेत्रले पनि अर्थतन्त्रमा भरथेग गर्ने विश्वास परिदृश्यमा व्यक्त गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार