जेठ ४, २०८१ शुक्रबार May 17, 2024

बेपत्ता भएका जनमोर्चाका सांसद शाही अस्पतालको आईसीयूमा भेटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला सम्पर्कबिहिन रहेका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा भेटिएका छन् ।

उनी चरक अस्पतालको कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका हुन् । आज (बुधबार) दिउँसो अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव मीलन हमालले जानकारी दिएका छन् । उनका अनुसार सांसद शाहीलाई के समस्या भएको भन्ने अझैसम्म खुलिसकेको छैन् ।

यद्दपी उनी सम्पर्कविहीन भएपछि बुधबार प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया