काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले मन्त्रिपरिषद हेरफेरबारे छलफल गर्ने जनाइएको छ।
यस अघि नेकपा अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राष्ट्रपति विद्धा भण्डारीसँग भेट गरेका थिए। शीतल निवास जानु अघि अध्यक्ष द्वयले बेग्ला बेग्लै छलफल समेत गरेका थिए।
प्रधानमन्त्री ओलीले बुधबार नै मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया