जेठ ४, २०८१ शुक्रबार May 17, 2024

सांसद शाहीको स्थिति सार्वजनिक गर्न सरकारसँग राष्ट्रिय जनमोर्चाको माग (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय जनमोर्चाले सांसद खिमविक्रम शाहीलाई बन्दीका रुपमा राखिएको भन्दै उनको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै शाहीलाई बन्दीका रुपमा राखिएको भन्दै त्यसको कारणबारे स्पष्ट पार्न सरकारसँग आग्रह गरेकी हुन् ।

‘राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीको मतदानको बेलामा भएको अनुपस्थिति रहस्यमय भएको छ । पछि बुझ्दा उहाँलाई पोखराको एउटा अस्पतालमा भर्ना गरिएको र कसैलाई भेट्न पनि नदिइएको कुरा थाहा भएको छ ।

गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया