जेठ ४, २०८१ शुक्रबार May 17, 2024

विप्लप नेता लामा धरौटीमा रिहा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माइला लामा थुनामुक्त भएका छन् ।

उनी जिल्ला अदालत, सङ्खुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार थुनामुक्त भएका हुन् ।

लामालाई प्रहरीले ५ साउन २०७६ मा पक्राउ परेको थियो । एकपछि अर्को जिल्लामा पुर्‍याइएका उनीसँगै जिल्ला अदालतले २५ हजार धरौटी माग गरेकोमा अन्य कार्यकर्ता नछुटेसम्म धरौटी नतिर्ने भन्दै उनी सङ्खुवासभामा बसेका थिए ।

शुकबार अदालतबाट धरौटी बुझाएकाले छाड्नू भन्ने पत्र प्राप्त भएकाले लामालाई थुनामुक्त गरिएको हो ।

विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै सरकारले मुद्दा फिर्ता लिने बताए पनि अनुसन्धानका क्रममा रहेका बाहेकका नेताहरू छुटेका थिएनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया