काठमाडौंः साताको अन्तिम कारोबार दिन शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. ३०० ले बढेको सुनको मूल्य शुक्रवार रू. ९०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ८९ हजार ९०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ९०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ४५० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको थियो ।
यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रू. एक हजार ३१५ मा कारोबार भएको चाँदी शुक्रवार रू. एक हजार २९५ खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू. २० ले घटेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया