असार २८, २०८२ शनिबार July 12, 2025

कार बम विस्फोट हुँदा कम्तीमा ३० को मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

भीडभाड रहेको सडकमा शुक्रबार गराइएको विस्फोटमा परी अरु ७० जना घाइते पनि भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पताल बाहिर सडकमा विस्फोटनको घटना भएको हो ।

स्थानीय समय अनुसार बेलुका ६.५० मा घटना भएको थियो । प्रारम्भीक विवरण अनुसार विस्फोटन भएको कारका चालकले गलत तरिकाले कार चलाएर विस्फोट भएको थियो ।

घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्यामा बृद्धि हुन सक्ने स्थानीय अधिकारीहरुले सिन्ह्वासँग बताएका छन् । उनीहरुका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बृद्धि हुने अनुमान गरिएको हो ।

विस्फोटनका कारण प्रान्तीय अस्पतालको भवन र सँगै रहेको एम्बुलेसन्समा पनि क्षती पुगको अधिकारीहरुले जनाएका छन् । घटनाबाट प्रभावित भएका मध्ये धेरै जना स्वास्थ्यकर्मीहरु समेत रहेका छन् । त्यसैगरी विश्वविद्यालयको प्रवेश परिक्षामा सहभागी हुन लोगार जिल्लाबाट आएका विद्यार्थीहरु पनि घटनामा परेका छन् । (रासस-सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया