असोज २४, २०८३ शनिबार October 10, 2026

उपनिर्वाचनका लगि ५२ प्रकारका मतपत्र छापियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । १४ मंसिरमा हुने स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ५२ प्रकारका मतपत्र छापिएको छ । ती मतपत्र र निर्वाचन सामाग्री सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्‍याउने जिम्मा नेपाली सेनालाई दिइएको छ ।

निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।
निर्वाचन आयुक्त नरेन्द्र दाहाल‘का अनुसार भिन्नाभिन्नै पार्टीका र भिन्नाभिन्नै स्वतन्त्र उम्मेदवार भएकाले ५२ प्रकारका मतपत्र छाप्नु परेको हो ।

दाहालका अनुसार सबैभन्दा लामो मतपत्र धरान उपमहानगरपालिको छ । धरान उपमहानगरपालिका प्रमुखका लागि सबैभन्दा धेरै २३ जना उम्मेदवार छन् । दोस्रो धेरै उम्मेदवार महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि छन् । पिपरा गाउँपालिका अध्यक्षका लागि २० जना उम्मेदवार छन् ।

‘सबैभन्दा धेरै २३ र सबैभन्दा कम २ जनासम्म उम्मेदवार छन्,’ निर्वाचन आयुक्त दाहालले भने, ‘२३ जना उम्मेदवार भएकाले धरानको मतपत्र सबैभन्दा लामो छ ।’

मतपत्र ढुवानीको जिम्मा सेनालाई

निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार उपनिर्वाचन हुने क्षेत्रमा मतपत्र ढुवानी सुरु भइसकेको छ । मंसिर ७ गते सबै निर्वाचन क्षेत्रमा मतपत्र र निर्वाचन सामग्री पुर्‍याइसक्ने लक्ष्य छ । मतपत्रलगायतका निर्वाचन सामग्री संवेदनशील भएकाले ढुवानीको जिम्मा नेपाली सेनालाई दिइएको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच निर्वाचन आयोगले बिहीबारबाट निर्वाचन शिक्षा सुरु गर्दैछ । निर्वाचन शिक्षा ११ गतेसम्म चल्ने छ । ११ गते रातिदेखि मौन अवधि सुरु हुन्छ ।

उपनिर्वाचन हुने क्षेत्रका प्रत्येक वडामा दुई जनाका दरले मतदाता शिक्षा कार्यकर्ता खटाइएको छ । उनीहरुले घरघरमा गएर मत बदर नहुने किसिमले मतदान गर्ने तरिका सिकाउने छन् ।

कास्की क्षेत्रनम्बर २ बाट एक जना प्रतिनिधिसभा सदस्य तथा भक्तपुर क्षेत्र नम्बर १ को (क), बागलुङ क्षेत्र नम्बर २ को (खं) र दाङ क्षेत्र नम्बर ३ को (ख) बाट तीन जना प्रदेशसभा सदस्य चुनिने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
२०८३ असोज २४, शनिबार
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार