मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

उपनिर्वाचनका लगि ५२ प्रकारका मतपत्र छापियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १४ मंसिरमा हुने स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ५२ प्रकारका मतपत्र छापिएको छ । ती मतपत्र र निर्वाचन सामाग्री सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्‍याउने जिम्मा नेपाली सेनालाई दिइएको छ ।

निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।
निर्वाचन आयुक्त नरेन्द्र दाहाल‘का अनुसार भिन्नाभिन्नै पार्टीका र भिन्नाभिन्नै स्वतन्त्र उम्मेदवार भएकाले ५२ प्रकारका मतपत्र छाप्नु परेको हो ।

दाहालका अनुसार सबैभन्दा लामो मतपत्र धरान उपमहानगरपालिको छ । धरान उपमहानगरपालिका प्रमुखका लागि सबैभन्दा धेरै २३ जना उम्मेदवार छन् । दोस्रो धेरै उम्मेदवार महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि छन् । पिपरा गाउँपालिका अध्यक्षका लागि २० जना उम्मेदवार छन् ।

‘सबैभन्दा धेरै २३ र सबैभन्दा कम २ जनासम्म उम्मेदवार छन्,’ निर्वाचन आयुक्त दाहालले भने, ‘२३ जना उम्मेदवार भएकाले धरानको मतपत्र सबैभन्दा लामो छ ।’

मतपत्र ढुवानीको जिम्मा सेनालाई

निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार उपनिर्वाचन हुने क्षेत्रमा मतपत्र ढुवानी सुरु भइसकेको छ । मंसिर ७ गते सबै निर्वाचन क्षेत्रमा मतपत्र र निर्वाचन सामग्री पुर्‍याइसक्ने लक्ष्य छ । मतपत्रलगायतका निर्वाचन सामग्री संवेदनशील भएकाले ढुवानीको जिम्मा नेपाली सेनालाई दिइएको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच निर्वाचन आयोगले बिहीबारबाट निर्वाचन शिक्षा सुरु गर्दैछ । निर्वाचन शिक्षा ११ गतेसम्म चल्ने छ । ११ गते रातिदेखि मौन अवधि सुरु हुन्छ ।

उपनिर्वाचन हुने क्षेत्रका प्रत्येक वडामा दुई जनाका दरले मतदाता शिक्षा कार्यकर्ता खटाइएको छ । उनीहरुले घरघरमा गएर मत बदर नहुने किसिमले मतदान गर्ने तरिका सिकाउने छन् ।

कास्की क्षेत्रनम्बर २ बाट एक जना प्रतिनिधिसभा सदस्य तथा भक्तपुर क्षेत्र नम्बर १ को (क), बागलुङ क्षेत्र नम्बर २ को (खं) र दाङ क्षेत्र नम्बर ३ को (ख) बाट तीन जना प्रदेशसभा सदस्य चुनिने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाखभन्दा बढी कम्बोडियाली विस्थापित
२०८२ मंग्सिर २४, बुधबार
युइएफए च्याम्पियन्स लिग : बार्सिलोना र लिभरपुल विजयी
२०८२ मंग्सिर २४, बुधबार
नेकपा (क्रान्तिकारी केन्द्र), बोल्सेविक र रेडफोर्स नेपाल पार्टीबीच एकता
२०८२ मंग्सिर २४, बुधबार
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार