श्रावण १२, २०८१ शनिबार July 27, 2024

चाबहिल–चुच्चेपाटी सडकको कालोपत्रे तत्काल गर्नुपर्ने माग गर्दै स्थानीय आन्दोलीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चाबहिल–चुच्चेपाटी सडकको कालोपत्रे तत्काल गर्नुपर्ने माग गर्दै स्थानीय र व्यापारीले आन्दोलन थालेका छन्। दुई वर्षअघि निर्माण सम्पन्न हुनुपर्ने सडक तोकिएको अवधिमा नसकिएपछि स्थानीय र व्यवसायीले बुधबार बिहान पसल बन्द गरेर आन्दोलन थालेका हुन्। आन्दोलनका क्रममा स्थानीय र व्यापारीले ‘धुलो धुवाँ धेरै भो, कालोपत्रे छिटो गर’, ‘ठेकदारलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए।

स्थानीय व्यापारी निराजन ढकालले सडकको धुलो र हिलोले सास्ती खेप्नुपरेकाले आन्दोलनमा उत्रिनुपरेको बताएका छन। उनले भने, ‘कालोपत्रेका लागि सरकारलाई दबाब दिन आन्दोलन थालेका हौं। तर, आन्दोलन गर्दा पनि केही होला जस्तो लाग्दैन।’
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार २०७२ सालमा चाबहिल–साँखु सडकमा चार लेन विस्तार र दुवैतर्फ फुटपाथ निर्माण योजना थालिएको हो। सडक निर्माणका लागि युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर्स, बज्रगुरु/च्याङीमिला/खानी जेभी, बज्रगुरुरबिरुवारखानी जेभी र बिटी/सुनकोसी/वल्र्डवाइड जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो।

एक अर्ब ७५ करोड रूपैयाँ लागतमा सुरु भएको सडक २०७४ सालमा सम्पन्न हुनुपथ्र्यो। तर, ठेकेदार, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्ती र स्थानीयले मापदण्ड विपरीतका घर भत्काउन अटेरी गरेपछि आयोजनाको निर्माण अवधि लम्बिएको हो।

सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठले ढलको पाइप फुट्दा कालोपत्रे गर्न ढिलाइ भएको बताएका छन। ढल तथा विद्युत् तार व्यवस्थापन सकेपछि कालोपत्रे गर्ने उनको भनाइ छ।

यसअघि गत वैशाखमा बौद्धका स्थानीय र व्यापारी पनि आन्दोलित भएका थिए। स्थानीय र ठेकेदारबीच सडक कालोपत्रे गर्ने सहमति भएपछि जेठ अन्तिमतिर चाबहिल–साँखु सडकखण्डको चुच्चेपाटी–बौद्ध पीपलबोट सडक कालोपत्रे गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार