जेठ ४, २०८१ शुक्रबार May 17, 2024

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

५ बजेपछि मात्रै निर्णय भएकाले माओवादी केन्द्रले बुधबार संसद् सचिवालयमा समर्थन फिर्ताको पत्र बुझाउने भएको छ ।

२७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादीले समर्थन फिर्ता लिने निर्णय लिएको हो । यसअघि पटकपटक स्थायी कमिटीका बैठकमा समर्थन फिर्ता लिनेबारे छलफल भएको थियो । अघिल्लो पटकको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया