काठमाण्डौः बिहीबार स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला ९० हजार ६०० रुपैयाँ पुगेको छ । तेजावी प्रतितोला ९० हजार १०० रुपैयाँ पर्नेछ ।
बुधबार प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पाँच रुपैयाँ घटेर एक हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया