जेठ ४, २०८१ शुक्रबार May 17, 2024

नेकपा (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेकपा (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् ।

मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानुनमन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनीत गरिएको हो । दलका नेता एमव् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले दलको विधान २०७७ को दफा १३ बमोजिम निरौलालाई मनोनयन गरेका हुन् ।

निरौलालाई गत वैशाख १७ गते मुख्य सचेतकमा नियुक्त गरी बिहीबार बागमती प्रदेशसभा सचिवालयमा जानकारी समेत गराइएको छ । काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रदेशसभा सदस्य निरौला नेकपा एमालेको काठमाडौं जिल्ला कमिटी सचिव समेत हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया