जेठ ४, २०८१ शुक्रबार May 17, 2024

शंकर पोखरेललाई मुख्यमन्त्रीबाट तत्काल राजीनामा दिन विपक्षी दलहरुको माग (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लुम्बिनी प्रदेशमा विपक्षी दलहरुले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने माग गरेका छन् ।

विपक्षी दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाले कुलप्रसाद केसीको पक्षमा ४१ सांसद रहेको दाबी गर्दै उनलाई नै मुख्यमन्त्री नियुक्त गरिनुपर्ने  माग गरेका हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती, कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खान तथा सचेतक निर्मला क्षेत्री, जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगर र जनमोर्चाको संसदीय दलका नेता तारा जिसीको हस्ताक्षरसहित  जारी विज्ञप्तीमा पुन: मुख्यमन्त्रीको शपथ ग्रहण गरेका शंकर पोखरेललाई राजीनामा दिन माग गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया