जेठ ४, २०८१ शुक्रबार May 17, 2024

सत्तारुढ एमाले स्थायी समितिको बैठक बालुवाटारमा जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । राष्ट्रिय सभा उपनिर्वाचनमा उम्मेद्वारी घोषणा र पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा छलफल गर्न बैठक बसेको हो ।

प्रधानमन्त्री निवाश बालुवाटारमा शुक्रबार बिहान १० बजेदेखी जारी बैठकमा पार्टीका असन्तुष्टहरुलाई कुनै न कुनै रुपमा सहमति गर्ने बिषयमा केन्द्रित रहेर छलफल अघी बढेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकअघी प्रधानमन्त्री ओलीले बिहानमात्रै बालुवाटारमा ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञावाली लगायतका नेताहरुसँग छलफल गरिरहेका छन् ।

राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेद्वारी दर्ता गर्ने दिन पनि भएको र माधव समुहलाई सहमतिमा ल्याएर उम्मेदवारी घोषणा गरे जित्ने भएकोले पहिला दलभित्र सहमति गराउन छलफल जारी रहेको बताईएको छ ।

बैठकअघी प्रधानमन्त्री ओलीले बिहान बालुवाटारमा ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञावाली लगायतका नेताहरुसँग छलफल गरेका थिए ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच विवाद नबढाउने सहमति भएको थियो।

नेताहरुबीच वरिष्ठ नेता नेपालसहितका नेतालाई गरिएको कारवाही फिर्ता गर्ने र नेपाल समूहले वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने विषयमा सहमति भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया