काठमाण्डौंः आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । बिहिबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आज ११ सयले बढेको हो ।
आज सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुन ९१ हजार २ सय रपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीे आज प्रतितोलामा ३५ रुपैयाँले बढेको हो ।
आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया