जेठ ४, २०८१ शुक्रबार May 17, 2024

कोरोना खोप खरिदको भ्रष्टाचारमा संलग्नलाई कडा कारवाही गर्न देउवाको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसका सभापति शेबरहादुर देउवाले कोरोना खोप खरिदको भ्रष्टाचारमा संलग्नलाई कडा कारवाही गर्न माग गरेका छन् ।

सभापति देउवाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको जनाएका हुन्  ।

जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं औषधि (खोप) को भ्रष्टाचारमा संलग्न हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ । सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भर्त्सना गर्दछु, विज्ञप्तिमा भनिएको छ ।

यस्तै देउवाले जनताको जीवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न माग गरे । देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटर सहितका आइसीयू बेड र औषधिको नितान्त अभाव भएको देउवाको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया