जेठ ४, २०८१ शुक्रबार May 17, 2024

एमाले पार्टी जोगाउन गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षहरुको संयुक्त अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमालेको गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन संयुक्त अपिल गरेका छन् । गण्डकीका ११ जिल्ला अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्दै एकता जोगाउन अपिल गरेका हुन् ।

शुक्रबार जारी विज्ञप्तिमा पार्टी गम्भीर संकटमा फसेको र यसले कम्युनिष्ट आन्दोलनलाई समेत धक्का पुगेको बताउँदै पार्टी एकता जोगाउन आग्रह गरिएको छ ।  विज्ञप्तीमा भनिएको छ, ‘यो अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्याइरहेको हामीले महसुस गरिरहेका छौं । कम्युनिष्ट पार्टीको इतिहास, मूल्य मान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकताबद्ध भई नेकपा एमाले पार्टीलाई जोगाउन अनुरोध गर्दछौं’ ।

यसरी संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नेहरुमा लमजुङका अध्यक्ष धनञ्जय दवाडी, कास्कीका कृष्णबहादुर थापा, तनहुँका केदार सिग्देल, गोरखाका प्रेमबहादुर गुरुङ, पर्वतका पदम गिरी, रहेका छ्न् । त्यसैगरी बाग्लुङका अध्यक्ष ईन्द्रलाल सापकोटा, म्याग्दीका हरिकृष्ण श्रेष्ठ, मुस्ताङका चन्द्रमोहन गौचन, मनाङका पाल्देन छोपेन गुरुङ र नवलपुरका अध्यक्ष रोसन गाहाले हस्ताक्षर गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया