जेठ ४, २०८१ शुक्रबार May 17, 2024

काँग्रेसले तीन जिल्ला पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणका लागि दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तीन जिल्ला पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणका लागि दिने भएको छ । नेपाली काँग्रेस नुवाकोट, सुनसरी र रुपन्देहीले आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणको लागि दिने घोषणा गरेका हुन् ।

नुवाकोट काँग्रेसका जिल्ला सभापति  जगदिश्वर नरसिंह केसीले बिदुर स्थित पार्टी कार्यालयको भवनलाई कोभिड १९ को अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई दिने निर्णय गरेको बताए ।

नुवाकोटका हर नागरिकको जीवन रक्षाको लागी नेपाली काँग्रेस नुवाकोट सधैं साथ साथमा हुने जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको प्रतिबद्धता छ ।

कोभिड महामारीको दोस्रो चरण समुदायस्तरमा फैलिइरहेको र मानिसले बेड, अक्सिजन नपाएरै ज्यान गुमाउने स्थिति आएकाले आफूहरुले उक्त निर्णय गरेको बताए । काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टी पङ्क्तिलाई कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया