काठमाडौंः नेपालमा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौं उपत्यकामा मात्रै ४ हजार १९८ जना संक्रमित थप भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना र ललितपुरमा ५३३ जना गरी उपत्यकामा ४ हजार १९८ संक्रमित थपिएका हुन् ।
देशभर पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जना र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आइतबार देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया