असार २८, २०८२ शनिबार July 12, 2025

फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधवार ५.८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधवार बिहान ९.०९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिराईमा रहेको थियो ।

केन्द्रले यस भूकम्पबाट थप परकम्पहरू उत्पन्न हुन सक्ने भए पनि त्यति क्षति नगर्ने जनाएको छ । यस भूकम्पको धक्का मेट्रो मनिलामा पनि अनुभव गरिएको थियो । रासस–सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया