श्रावण २, २०८२ शुक्रबार July 18, 2025

स्वयंसेविकाले अझै पाएनन् जोखिम भत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दैलेखको ठाटीकाँध गाउँपालिकाका स्वयंसेविकाले कोरोना जोखिम भत्ता पाएका छैनन् । कोरोना महामारीको पहिलो लहर शुरु भएसँगै तीनै तहका सरकारले रोकथाम तथा नियन्त्रणका लागि विभिन्न योजना बनाए ।

यस पालिकाले सामुदायिक तथा प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत अहेब, अनमी तथा स्वास्थ्य स्वयंसेविकालाई महामारीमा ज्यान जोखिममा राखेर गाउँगाउँमा खटायो । नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य सामग्री वितरण गरे । यसरी खटिएको एक वर्ष बितिसक्दा पनि उहाँहरुले सरकारले दिने भनेको जोखिम भत्ताबापतको रकम नपाएको गुनासो गरेका छन् ।

ठाटीकाँध–३ मा रहेको विशाला उपस्वास्थ्य चौकीमा कार्यरत स्वयंसेविका पवित्रा गौतमले गत वर्ष कोरोना महामारीको समयमा गाउँभरि स्वास्थ्य सामग्री वितरणमा खटिए पनि सरकारले दिने भनेको जोखिम भत्ता नपाएको गुनासो गर्नुभयो ।

“हामीले गाउँपालिकाको निर्णयलाई मानेर आफ्नो ज्यान जोखिममा राख्दै नागरिकको घरदैलोमा पुगी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सुझाव दियौँ, स्वास्थ्य सामग्री वितरण ग¥यौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले कहिले भारतबाट आएका व्यक्तिको विवरण ल्याउन भन्यो, कहिले वृद्धवृद्धाको विवरण बनाएर सम्बन्धित वडा कार्यालयमा बुझाउ भन्यो, सबै काम गर्‍यौँ, तर आजसम्म कोरोना जोखिम भत्ता पाएका छैनौँ, हाम्रो दुःख गाउँपालिकाले बुझेन ।”

गाउँपालिकाले दैनिक रु एक हजार ५०० भत्ता दिने निर्णय गरेको भन्ने कुरा पनि सुनेको उहाँले बताउनुभयो । “अहिलेसम्म कुनै रकम पाएका छैनौँ, वडा कार्यालयमा यस विषयमा कुरा गर्दा गाउँपालिकाको बैठकमा कुरा राखेका छौँ मात्र भन्छन्”, गौतमले भन्नुभयो, “निःशुल्क काम गर भनेका भए गर्ने थियौँ ।”

गाउँपालिकाका योजना तथा अनुगमन शाखाप्रमुख मनबहादुर थापाले गाउँपालिकाका सबै स्वयंसेविकाले कोरोना भत्ता नपाएको स्वीकार गर्नुभयो । नेस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार