श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग काठमाडौं महानगरको सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप  क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ । अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर सङ्क्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पताललाई अनुदान रकम दिने गरी सम्झौता गरेको हो ।

महानगरपालिकाले यसरी सम्झौता गरेका अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, क्षत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल र मोडल अस्पताल रहेका छन् ।

महानगरले शुक्रबार यी अस्पतासँग कोभिड सङ्क्रमणसँग लड्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउने भन्दै सम्झौता गरेको हो ।  यसअघि महानगरपालिकाले वैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।

त्यस्तै वैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको उपकरण जडान गर्नका लागि सम्झौता गरिसकिएको छ । सबै सम्झौता महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले र अस्पतालका तर्फबाट सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका छन् ।

‘सानासाना युनिटमा आइसोलेशन वा उपचारका अन्य प्रणाली विकास गर्दा धेरै स्रोत र साधन खर्च हुन्छ, यी ठाउँहरु उपचारका लागि अन्तिम ठाउँ होइनन्, यहाँ कसैलाई जटिल समस्या भयो भने लानुपर्ने अस्पताल नै हो, त्यसैले हामीले भौतिक संरचना, विशेषज्ञ जनशक्ति र प्रणाली भएका सामुदायिक तथा सरकारी अस्पतालको क्षमता बढाउनेतर्फ जोड दिइएको छ’, प्रमुख शाक्यले भने ।

शुक्रबार सम्झौता भएका अस्पतालमध्ये वीरेन्द्र सैनिक अस्पतालले महानगरपालिकाको नामबाट अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालन गर्नेछ । आजदेखि छ महिनाका लागि गरिएको सम्झौताबमोजिम काम शुरु गर्न पहिलो किस्तास्वरुप रु दुई करोड उपलब्ध गराइनेछ ।

क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ श्ययाको कोभिड अस्पताल सञ्चालन गर्नेछ । यसको पूर्वाधार विकासका लागि करीब रु ३० लाख र ३५ श्ययाको कोभिड विशेष अस्पतालको समग्र व्यवस्थापन, आवश्यक जनशक्तिका लागि महानगरले मासिक झण्डै रु ४८ लाख व्यहार्नेछ । यो सम्झौता कोभिडको महामारीका विषयमा कामपाले अर्को निर्णय नगरेसम्मका लागि हो ।

त्यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १५ भेन्टिलेटर र ५० थान मोनिटर खरीद गर्ने रकम महानगरपालिकाले उपलब्ध गराउनेछ । यसरी नै अन्य सम्झौता भएका अस्पतालले पनि आफूलाई कोरोना महामारीसँग जुध्नका लागि आवश्यक पर्ने सामग्री माग गरेकाले सोही अनुरुप महानगरले अनुदान रकम दिने छ । महानगरले अनुदान दिएका अस्पतालले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनु पर्ने बताइएको छ । खर्च र लेखा परीक्षण प्रचलित कानूनले दिएको अधिकारबमोजिम रहनुपर्ने छ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार