श्रावण २, २०८२ शुक्रबार July 18, 2025

वीर अस्पतालको कन्तबिजोग : शय्या छ, अक्सिजन छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारको गैरजिम्मेवारपनका कारण काठमाडौंको मुटुमा रहेको वीर अस्पतालले अक्सिजन अभावका कारण आफ्नो नयाँ भवन सञ्चालन गर्न सकेको छैन । अस्पताल प्रशासनले नयाँ सर्जिकल भवनको दुईवटा तलामा कोभिड संक्रमित बिरामीका लागि भन्दै १ सय ७० बेड तयार गरिसकेको छ । तर, अक्सिजनको अभावका कारण बिरामी भर्ना लिन सकेका छैनन् ।

ट्रमा सेन्टरलाई पनि कोभिड अस्पताल घोषणा गरियो तर त्यहाँ पनि अक्सिजन नभएकै कारण कोरोना संक्रमितलाई भर्ना लिएर उपचार गर्न सकेको छैन । वीर अस्पतालको नयाँ भवनमा बेड र अक्सिजनको व्यवस्था गरेर ५ तलासम्ममा बिरामी राखेर उपचार गराउन सकिने र बिरामीको अत्यधिक चाप रहेको अवस्थामा ७ सयसम्म बिरामीलाई उपचार गर्न सकिने अस्पताल प्रशासनले बताइरहेको छ ।

तर, समस्या अक्सिजनकै छ ।नयाँ भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा भएको छ तर अक्सिजन नभएपछि कोरोना संक्रमितलाई राखेर उपचार शुरु गर्न सकिएको छैन । अस्पताल प्रशासनको अनुसार पहिलो चरणमा १ सयदेखि ३ सय शय्यासम्म सञ्चालन गर्ने योजना थियो ।

त्यति बिरामी राख्नका लागि कम्तीमा ६ सय सिलिन्डर अक्सिजन आवश्यक पर्न जाने भएकाले बिरामी राख्न नसकिएको अस्पताल प्रशासनको भनाइ छ । वीर अस्पतालका निमित्त निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयार गरिए पनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताउनुभयो । दैनिकजसो कोरोना संक्रमितले अक्सिजन अभावका कारण ज्यान गुमाइरहेको अवस्था छ । नेपाल समाचारपत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार