श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोरोनाले सुदूरपश्चिममा एक महिनामा २५९ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गएको वैशाख महिनामा कम्तीमा २५९ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डा गुणराज विष्टका अनुसार वैशाख १८ गते १०, १९ गते १२, २० गते १४, २१ गते आठ, २२ गते नौ, २३ गते १७, २४ गते १३, २५ गते १५, २६ गते १८, २७ गते १७, २८ गते ३१, २९ गते १४, ३० गते १७ र ३१ गते ३० जना सङ्क्रमितको मृत्यु भएको हो ।

स्वाथ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका सङ्क्रमितको मृत्यु भएको छ । सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनुपरेको स्वाथ्यकर्मीको भनाइ छ । कोरोना भाइरस शुरु भएदेखि हालसम्म यस प्रदेशमा ३१७ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार वैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन् ।

पछिल्लो पाँच दिनमा मात्रै कोरोनाबाट १०९ जनाको मृत्यु भएको छ । यहाँका अस्पतालमा अक्सिजन नपाउँदा तथा कोरोना सङ्क्रमित भएका बिरामी समयमै राम्रो अस्पतालसम्म पुग्न नसकेका कारण ज्यान गुमाउन बाध्य भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार