श्रावण १२, २०८१ शनिबार July 27, 2024

देउवालाई मन्त्री बास्कोटाको जवाफ:नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बन्ने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की । पोखरामा एउटा चुनावी आमसभालाई सम्वोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाए । प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै लिपुलेकलाई भारतले आफ्नो भूभागमा पारेर नयाँ नक्शा निकालेको देउवाको दावी थियो ।

देउवाको यस्तो भनाइले ल्याएको तरंगका बीच सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उनलाई पोखराबाटै जवाफ फर्काएका छन् । देउवाको आरोपलाई चुनावी मसला भन्दै उनले आफू सत्तामा छँदा देउवाले भारतसँग गरेका सम्झौता र समझदारीहरुमाथि प्रश्न उठाएका छन ।
राष्ट्रहित विपरीत कांग्रेस नेतृत्वको तत्कालीन सरकारले टनकपुर सन्धि गरेकोदेखि अघिल्लोपटक देउवा प्रधानमन्त्री बन्दा भारतमा गएर संविधान संशोधन गर्ने बचन दिएको प्रसंगसमेत बास्कोटाले उठाएका छन ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले आइतबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा पत्रकाहरुको प्रश्नको जवाफ दिँदै बास्कोटाले भने, ‘हाम्रो भाषा लर्बरिँदैन देशभक्तिको प्रश्नमा । नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने, अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ ? चुनाव हार वा जितसँग यस्ता विषय ल्याएर जोड्नु हुँदैन ।’

टनकपुर सन्धिप्रति देउवाको दृष्टिकोण के हो ? भनेर प्रश्न गर्दै उनले भने, ‘यस्ता आरोप लगाउने हो भने गण्डकी, कोशीमा सम्झौता गर्दाखेरि ती सबैको एकमुष्ट जवाफ श्री शेरबहादुर देउवाले दिनुपर्छ । उहाँको दलले दिनुपर्छ ।’

पोखरामा पत्रकारमाझ सञ्चामन्त्री बास्कोटाले दिएको अभिव्यक्तिको मुख्य अंश यस्तो छ :

प्रमुख प्रतिपक्षी जस्तो जिम्मेवार दलका प्रमुख नेताले यस्तो आरोप लगाउनु भयो होला भन्ने मलाई पटक्कै विश्वास छैन । यदि त्यस्तो लगाउनु भएको हो भने उहाँको बारेमा हामीले पनि केही गम्भीर प्रश्नहरु उठाउनुपर्ने हुन्छ ।

यसअघि नेपाल र भारत सीमा सम्बन्धका विषयमा वा विवादास्पद सन्धि(सम्झौताका बेलामा उहाँले आत्मसर्पण गरेर त्यो कुरा गर्नुभयो वा अरुको एकलौटी पेलाइमा पर्नुभयो भन्ने प्रश्नको जवाफ उहाँले दिनुपर्ने हुन्छ । टनकपुर सन्धि हामीले बिर्सिएका छैनौं, जसलाई सर्वोच्च अदालतले सच्याउनुपर्‍यो । त्यो सन्धिप्रति शेरबहादुर देउवाको दृष्टिकोण के रु जसलाई सम्मानित अदालतले पनि गलत हो भनेको छ र त्यो सन्धि कसको पालामा भएको थियो ?

त्यसैले आरोप लगाउँदा त्यति मात्र लगाउनुपर्छ, जुन सत्यमा आधारित हुन्छ । यहाँहरु सबैलाई थाहा छ, भारतले अहिले जारी गरेको राजनीतिक नक्साप्रति इतिहासमै पहिलोपटक नेपालको बहालबाला प्रधानमन्त्रीले म यो मान्दिनँ, नेपालका लागि यो स्वीकार्य छैन भनेर बोल्यो । तर शेरबहादुर देउवाले देशमा संविधान जारी भएपछि भ्रमणमा जाँदा भारतीय नेतृत्वसित बसेर, सार्वजनिक समारोहमा ‘बाबा म त्यो संविधान पनि तिमीले भनेबमोजिम नै गर्छु’ भनेर बक्बकाएर आएको त अहिले पनि देखिन्छ । त्यो ओपन कुरा हो, मैले लगाएको आरोप होइन । तथ्य हो त्यो, भिडियोहरु हेर्नुस् पहिलाको । उहाँले प्रधानमन्त्रीको रुपमा समकक्षीहरुसँगै उभिएर बोलेका कुराहरु ।

एकपटक जनताको मत र फैसलाहरुमाथि अरु कसैले प्रश्न उठाउँदा त्यो नेपाली जनताको मत हो, फैसला हो भनेर बोल्न नसक्ने शेरबहादुर देउवाजीले केपी ओलीको राष्ट्रवादी अडान, क्षमता र संघर्षको कुरामाथि प्रश्न उठाउनु आफैंमा लज्जाजनक विषय हो । म खेद प्रकट गर्न चाहन्छु, उहाँले यदि त्यसो भन्नु नै भएको हो भने ।

र म यो पनि बताउन चाहन्छु, यो सरकारलाई मुन्टो लुकाएर राष्ट्रियताको पक्षमा हिँड्नुपर्ने कुनै जरुरत छैन । हामीले भनेको कुरा के हो भने अरु कसैको एक इन्च जमिन हामीलाई चाहिएन । तर, हाम्रा जनताले संघर्ष गरेर, हाम्रा पुर्खाले रगत बगाएर विरताका साथ जे जति हिजोको जमिन जोगाएर राखेका छन्, त्यो जमिनमाथि अरु कसैको हस्तक्षेप वा त्यसप्रतिको अतिक्रमण हाम्रालागि स्वीकार्य छैन । यो कुरा हामीले बोलेका छौं । यति कुरा बोल्नका निम्ति हामीले कसको इजाजत लिउँ र ?

देशभक्त जनताहरुको जुन भावना र दृष्टिकोण छ, त्यसमा हामी बेखबर भएका छौं र यो आरोप लगाएको रु त्यो पनि पोखरामा लगाउनु भयो रे । म बुझ्छु, पोखरामा त्यो आरोप किन लगाउनुभयो भन्ने कुरा । किनभने १४ गते यहाँ चुनाव छ । यति सस्तो कुरा उहाँले बोल्नु हुन्न । उहाँ आफैं उपस्थित हुनु भएको बैठकमा, सम्माननीय प्रधानमन्त्रीज्यूले बोलाउनु भएको बैठकमा, सर्वपक्षीय, सर्वदलीय बैठकमा उहाँको कुनै विमती थिएन ।

प्रधानमन्त्रीज्यूले जुन दृष्टिकोण राख्नुभयो, हाम्रो जमिन फिर्ता गर्ने, हाम्रो अधिकार र सार्वभौमिकताको सुरक्षा गर्ने, यसमा उहाँको विमती थिएन । यसलाई चुनावको मसला बनाउनु साह्रै झूठ कुरा हो । गैरजिम्मेवारपूर्ण कुरा हो । यस्तो विषयलाई मसला बनाउनु हुँदैन ।

सबैले व्यक्त गरेको कुरा र राष्ट्रले एउटा ऐतिहासिक सहमति प्राप्त गरेको कुरा हो यो । बालुवाटारको त्यो बैठक, जहाँ कुनै दलको असहमति थिएन । प्रत्येकले आफ्नो देशभक्तिको भावना, आफ्नो सार्वभौमिकता रक्षाको कुरालाई एक स्वरले, एक मतले स्वीकार गरेको र त्यसको निम्ति दुईटा बाटो प्रयोग गरेर जानुपर्छ भन्ने सुझाव दिइएको थियो । त्यो भनेको कूटनीतिक र राजनीतिक प्रयासबाट यो समस्या समाधान गर्नुपर्छ भन्ने थियो ।

यस्ता आरोप लगाउने हो भने गण्डकी, कोशीमा सम्झौता गर्दाखेरि ती सबैको एकमुष्ट जवाफ श्री शेरबहादुर देउवाले दिनुपर्छ । उहाँको दलले दिनुपर्छ ।

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी इण्डिया जाँदाखेरि १९५० का सन्धिलगायतका विषयमा पुनर्विचार गर्नुपर्छ भनेर हामीले प्रस्ताव गर्‍यौं । त्यसअघि कांग्रेसका कुनै नेताले राख्नुभयो रु आँट गर्नुभयो ?

म कुनै दल विशेषमा जान चाहन्नँ । यो राष्ट्रभक्तिको मुद्दा हो । यसमा कुनै दल हुँदैन । यसमा नेपाल राष्ट्र, नेपाली जनता, नेपाली रगतको मात्र हिसाबकिताब हुन्छ ।

हाम्रो भाषा लर्बरिँदैन देशभक्तिको प्रश्नमा । नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ रु चुनाव हार वा जितसँग यस्ता विषय ल्याएर जोड्नु हुँदैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार