काठमाडौंः नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ पुगेको छ ।
आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ पुगेको छ । एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने निगमले यथावत् रहेको जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया