काठमाण्डौंः दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा चार कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण ओलीका अनुसार, तुलसीपुर उपमहानगरपालिका–६ निवासी ८४ वर्षीया महिला, तुलसीपुर १८ निवासी ६० वर्षीया महिला, तुलसीपुर–१० निवासी ५५ वर्षीय पुरुष १२ र तुलसीपुर उपमहानगरपालिका–७ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ। अहिले अस्पतालमा ६० जनाको उपचार भइरहेको छ भने आज ११ जना भर्ना भएका छन्। आज अस्पतालबाट दुई जनाको मात्रै निको भएर घर फर्किएका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया