काठमाण्डौंः बाँकेका अस्पतालमा भर्ना भएका थप चार संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा तीन र शिक्षण अस्पताल कोहलपुरमा एक गरी चारजना कोरोना संक्रमितको मृत्यु भएको हो। मृतकहरू बाँकेका दुईजना, बर्दिया र दाङका एक एकजना रहेको वलीले जानकारी दिए ।
यसैगरी, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दिया मधुवन नगरपालिका–७ निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको थियो। वैशाख ८ गते सङ्क्रमण पुष्टि भए पनि उनलाई जेठ २ गते मात्रै अस्पताल भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट २४२ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १९८ जनाको मृत्यु भएको स्रोतव्यक्ति वलीले बताए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया