असार २६, २०८२ बिहिबार July 10, 2025

सांसददेखि मन्त्रीसम्म स्वास्थ्य सामग्री माग्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामग्री पु-याउने काम सांसदको नभएको स्पष्ट पारे दैनिक सातदेखि आठ सांसद स्वास्थ्य सेवा विभाग धाइरहेका छन् । मन्त्रालय र मातहत निकायमार्फत वितरण गरिनुपर्ने कोभिड–१९ सामग्री जिल्ला पु-याउन उनीहरू हानाथापसमेत गरिरहेका छन् ।

सांसदको लेटरप्याडसमेत प्रयोग गरी उनीहरूले स्वास्थ्य सामग्री माग गरिरहेको पाइएको छ । जसकारण सामग्री रेकर्ड व्यवस्थापन विभागलाई समस्या हुने गरेको छ ।

सांसदहरू झपट रावल, देवेन्द्र पौडेल, किसान श्रेष्ठ, गंगा चौधरी, निरु पाल, कृष्ण दाहाल, शान्ता चौधरी, हिराचन्द्र केसीलगायत विभाग पुगेका छन् । उनीहरूले मुख्यतः अक्सिजन सिलिन्डर, मास्क, पीपीईलगायत कोभिडजन्य औषधि माग गरेका छन् ।

सांसददेखि मन्त्रीसम्मले मन्त्रालय पदाधिकारी र स्वास्थ्य सेवा विभाग अधिकारीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन पटकपटक आग्रह गर्दै आएका छन् ।

स्वास्थ्य संस्थाले आवश्यकताका आधारमा माग फारम बनाएको छ । सम्बन्धित निकायले संस्थाको नाममा मौज्दातमा सामानको आधारमा ‘हस्तान्तरण फाराम’ बनाउँछ । त्योसहित सामान जान्छ । सामान गएर स्टोरमा दाखिला गर्ने प्रावधान छ । र, दाखिला रिपोर्ट सम्बन्धित निकायमा पठाउनुपर्नेहुन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. बाबुराम मरासिनी सांसदले स्वास्थ्य सामग्री माग गर्न विभाग धाउनु उचित नभएको टिप्पणी गर्छन् । जनतालाई देखाउनकै लागि उनीहरूले स्वास्थ्य सामग्री माग गरेको हुन सक्ने उनले औंल्याए ।

‘ईडीसीडी अधिकार क्षेत्र मन्त्रालयमा तानेर यस्तो समस्या देखिएको हो, स्वास्थ्य मन्त्रालय यस विषयमा गम्भीर हुनुपर्छ,’ ईडीसीडीका पूर्वनिर्देशकसमेत रहेका डा. मरासिनीले भने, ‘यस्तो बेला विभागभित्र बफर स्टक राख्न सकिन्थ्यो । ¥यापिड रेस्पोन्स टिम बनाउन सकिन्छ । प्रकोप फैलियो भने बफर स्टक उपयोगमा ल्याउन सकिन्छ ।’ सिस्टम भत्काउँदा समस्या भएको बताउँदै उनले ‘स्वास्थ्य प्रणाली’ व्यवस्थित नहुँदा झनै समस्या उत्पन्न भएको सुनाए ।

‘भोट बैंक’ सुरक्षित गर्न सांसदले स्वास्थ्य सामग्री माग गर्नेभन्दा मापदण्ड पालना गराउन सर्वसाधारणलाई सचेत गराउनतिर लाग्नुपर्ने जनस्वास्थ्य विज्ञको जोड छ ।

स्वास्थ्य सेवा विभाग महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले जिल्ला स्वास्थ्य संस्थाको माग फारामसहित आए आवश्यकताका आधारमा उपलब्ध गराउन सकिने जानकारी दिए ।

‘वितरण मापदण्ड बनाइएको छ, संक्रमण जोखिमका आधारमा वितरण गर्छौं,’ उनले भने, ‘स्वास्थ्य सामग्री वितरणसम्बन्धी मापदण्ड तयार गरिएको छ, त्यसबमोजिम सामग्री पठाउने गरिएको छ ।’राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार