असार २२, २०८२ आइतबार July 6, 2025

रसुवागढी नाकाबाट १ केजी सुनसहित २ जना महिला पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रसुवागढी नाकाबाट करिब १ केजी सुनसहित २ महिला पक्राउ परेका छन् ।

विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार बिहान रसुवागढी नाकाबाट उनीहरूलाई पक्राउ गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन ।

पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

रसुवाका प्रजिअ भण्डारीका अनुसार, उनीहरूले पटुकामा बाँधेर सुन भित्र्याएका थिए । ‘६ वटा सुनका डल्ला फेला परेका छन् । रसुवागढीमा तौल गर्ने उपकरण नभएकाले जिल्ला सदरमुकाम धुन्चे ल्याइएको छ’, प्रजिअ भण्डारीले भने ।

भण्डारीका अनुसार, पछिल्लो समय तस्करहरू महिलाहरूलाई प्रयोग गरी सुन तस्करी गर्ने शैली अपनाउन थालेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार