श्रावण २, २०८२ शुक्रबार July 18, 2025

महालक्ष्मीमा निःशुल्क रोग प्रतिरोधात्मक औषधि खुवाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  गाउँ-गाउँमा कोरोना संक्रमण फैलिरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरबासीहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि खुवाउन थालेको छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि हरेक नागरिकलाई कम्तीमा एक महिना सेवन गर्न पुग्ने गरी होमियोप्याथिक औषधि निःशुल्क वितरण गर्न थालिएको हो ।
नगर बासीको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरेर कोरोनासहित अन्य रोग लाग्नबाट बचाउन सबै नगरबासीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि खुवाउन लागिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताउनुभयो ।
‘अहिले गाउँ–गाउँमा कोरोना फैलिएको छ । सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना लागिरहेको छ । कोरोनाको औषधि पनि नहुँदा यसको नियन्त्रणमा निकै चुनौती देखिएकाले नगरबासीलाई बचाउन वैकल्पिक उपाय खोजेका हौँ,’ मेयर नेपालले भन्नुभयो, ‘हामीले महालक्ष्मी नगरबासी सबै नागरिकलाई यो औषधि खुवाउँदै छौ । इम्युनिटी पावर बढ्यो भने कोरोनासहित अन्य रोगको पनि संक्रमण कम होला भन्ने अनुमान गरेका छौँ ।’
डाक्टरहरूसँगको परामर्श अनुसार महालक्ष्मी नगरपालिकाले यो अभियान सुरु गरेको हो । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकाले यो औषधि सेवनका लागि स्वास्थ्य मन्त्रालयले पनि अनुमति दिएको बताइएको छ ।
अहिले धनकुटा सदरमुकामस्थित जनभावना होमियोप्याथिक हस्पिटलसँगको सहकार्यमा औषधि वितरण थालिएको छ । जनभावना हस्पिटलका सञ्चालक डा.खगेन्द्र कटुवालसहित स्वास्थ्यकर्मी, जनप्रतिनिधि र नगरका कर्मचारीहरू औषधि वितरणमा खटिएका छन् । सबै नगरबासीलाई औषधि सेवन गराउनका लागि नगरपालिकामार्फत वडा कार्यालय, टोलका अध्यक्ष र महिला स्वास्थ्य स्वयंसेवीकाहरुमार्फत औषधि वितरण गर्ने तयारी गरिएको छ ।
पहिलो चरणमा वडा नं. १, २, ६, ८ र ९ वडा कार्यालयमा औषधि पुर्‍याइसकिएको छ । बाँकी सबै वडामा पनि केही दिनभित्रै औषधि पुर्‍याएर सबै नागरिकलाई औषधि वितरण गरिने बताइएको छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधि भएकाले सबै उमेर समूहका मानिसले यो औषधि सेवन गर्न मिल्ने जनभावना हस्पिटलका सञ्चालक डा.कटुवाल बताउनुभयो । ‘हरेक व्यक्तिमा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता हुन्छ, त्यो कमजोर भयो भने विभिन्न रोग लाग्छन् ।
रोग प्रतिरोधात्मक क्षमता मजबुत भएका व्यक्तिले कोरोना जस्ता धेरै रोगका भाइरसलाई पराजित गर्न सक्छ ।’ डा.कटुवाल भन्नुहुन्छ, ‘हामीले अहिले एक महिनासम्म सेवन गर्न पुग्ने गरी हरेक व्यक्तिलाई १८-१८ गोली ‘इम्युन बुष्टर’ औषधि दिदैंछौ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । जसका कारण कोरोना मात्र नभई जुनसुकै रोगको पनि संक्रमण कम गर्छ ।’ रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार